सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल

काठमाडौं – सरकारले विधान दिवसको अवसर पारेर बिहीबारदेखि काठमाडौँ उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

बिहीबार काठमाडौँ उपत्यकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ७४ स्थानमा  सुपथ मूल्य पसल सञ्चालन ल्याएको छ ।

सहुलियत पसलको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उद्योग मन्त्री भण्डारीले देशभरका ७४ स्थानहरूमा सहुलियत पसल सञ्चालन गरिएको बताउनु भयो । उहाँले अत्यावश्यक वस्तुहरूमा न्यूनतम ५ रुपैयाँ सुपथ मूल्य पसल सञ्चालन गरिएको बताउनु भयो । उहाँले सरकारले चाडपर्वमा लक्षित गरेर बजार वस्तुहरू अभाव हुन नदिने गरी पसलहरू सञ्चालनमा ल्याएको बताउनु भयो । उहाँले खाद्य व्यापार कम्पनी भित्रका समस्या र चुनौतीहरू धेरै समय नरहने बताउनु भयो । उहाँले खाद्य कम्पनीभित्रका समस्या सम्बोधन सरकारले गर्ने बताउनु भयो । खाद्य व्यवस्था कम्पनीको प्रबन्ध पत्रमा उल्लेख गरिएका एक तिहाइ काम पनि संस्थाले गर्न नसकेको बताउनु भयो । उहाँले  कम्पनीले नेपालको खाद्य बजारमा कृत्रिम अभाव,काटेलिङ र कालोबजारी भन्ने शब्द सुन्न नपाउने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले संविधानले नागरिकले खान पाउनुपर्ने मौलिक हकको व्यवस्था गरेको बताउनु भयो । उहाँले पछिल्लो एक दशक संविधानको कार्यान्वयन परीक्षणको काल भएको भन्दै संविधानलाई जति सक्दो कार्यान्वयन गर्न सक्यो त्यति सुशासन कायम हुनसक्ने बताउनु भयो ।

सरकारले आजदेखि दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याएको छ । काठमाडौँ उपत्यकाको थापाथली, रामशाहपथ, नख्खु र सूर्य विनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालन गरेको छ । सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ छुट पाउनेछन् । त्यस्तै जिउँदो खसी बोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घ्युमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रबाट खसी बोका तथा च्याङ्ग्रा ल्याइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.