संविधानमा रहेको त्रुटिलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह

मधेस प्रदेश-  मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संविधानमा रहेको त्रुटिलाई संशोधनमार्फत सच्याउन सकिने बताउनुभएको छ ।

मधेसको गृह सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश सरकार स्थापना भएको ८ वर्षपछि पहिलो पटक संविधान दिवसको अवसरमा औपचारिक रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनीय दस्ताबेज नरहेकाले संशोधनमार्फत त्रुटिहरू सच्याउन सकिने बताउनु भयो । अहिले प्रदेश सरकारलाई मजबुत बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले संविधानको निरोधभन्दा पनि संविधानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्नतर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको बताउनु भयो ।

मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘प्रदेश सरकार समृद्ध भए संघियता प्रतिको विश्वास पनि बिस्तारै बढ्दै जानेछ, संविधान भित्र रहेको त्रुटि संशोधनमार्फत सबैको संविधान बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । अहिले संविधानलाई पूर्ण बनाउन संशोधनको आवश्यकता छ, जुन दल संशोधन सुन्नसम्म चाहँदैन थियो तिनै दलहरू अहिले संशोधनका लागि तयार छन्, यसको फाइदा हामीले लिन सक्नुपर्छ ।’ 

प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारमा लोसपा बाहेकका सबै दलका मन्त्रीहरू सहभागी भएका थिए । लोसपाले संविधान दिवसको विरोधमा आज कालो दिवस मनाइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.