पूर्वाधार निर्माणले आर्कषक बन्दै गह्रौ कालिका क्षेत्र (फोटो फिचर)

स्याङ्जा- विशेष धार्मिक महत्व बोकेको स्याङ्जाको वालिङ्ग-८ रहेको गह्रौ कालिका मन्दिर पछिल्लो समय दिन प्रतिदिन चिर परिचित बन्दै गएको छ ।

बाइसे चौबिसे राजाहरुले विशेष पुजाआजा गर्दै आएको उक्त मन्दिरमा आवतजावतका लागि सडक तथा अन्य पूर्वाधार निर्माण भएसँगै दर्शन गर्न आउने भक्तजनको संख्यामा बृद्धि भएको हो ।

समुद्री सतहदेखि भन्डै १५ सय मिटरको उचाईमा अवस्थित गह्रौ कालिका मन्दिर क्षेत्र बाईसे चौवीसे राजाहरुले धार्मिक क्षेत्रको विशेष रुपमा मान्दै आएको थिए । बि.सं १४ सय १५ सालमा स्थापना भएको निकै पुरानो मन्दिर आजभोली सडक तथा अन्य पूर्वाधार निर्माण भएसँगै बिभिन्न ठाउँवाट दर्शन गर्न आउनेहरुको संख्या बढ्न थालेको छ ।

सिद्धार्थ राजमार्गको वालिङदेखि करिब १० किलोमीटर दूरीमा रहेको गह्रौ कालीका मन्दिरमा बडा दशैं तथा चैते दशैंमा बिषेश धुमधामका साथ बाजागाजासहित पूजा गरिने भएकाले दर्शनार्थीहरुको निकै घुइँचो लाग्ने गर्दछ ।

शुरुवाती चरणमा सानो मन्दिर रहेका ठाउँमा २०६४ सालबाट गह्रौ कालिका धार्मिक तथा पर्यटकीय केन्द्र बनेसँगै सडक, खानेपानी, भक्तजन बस्ने ठाउँ निमार्णले सो ठाउँको मुहार नै फेरिएको छ ।

उक्त क्षेत्रवाट उत्तरतर्फका दर्जनौँ हिमश्रृंखलाहरु मात्रै होइन दक्षिणमा देखिने कालीगण्डकीको मनोरम दृष्यहरुले मनै लोभ्याउने गरेको छ । यसको मुख्य विशेषता नै मागेको बर पुरा हुने धार्मिक जनविश्वास रहेको छ ।

उक्त क्षेत्र धार्मिक महिमा मात्र नभएर पर्यटकीय क्षेत्रलाई पनि महत्व दिएर प्रचार प्रसार गर्न सक्ने हो भने गह्रौं कालिका मन्दिर समग्र स्याङ्जा क्षेत्रको पहिचान बन्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.