अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो: अध्यक्ष ढकाल

ललितपुर – उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताउनुभएको छ।

शुक्रवार ललितपुर उद्योग वाणिज्य सङ्घको ४५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इमानदार हिसाबले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्न सके छोटो समयमा नै धेरै काम गर्न सकिने बताउनु भयो । उहाँले पर्यटन, जलविद्युतको क्षेत्रमा ठुलो सम्भावना रहेको बताउनु भयो । उहाँले अहिले रेमिट्यान्सको फ्लो बढेको, फरेन करेन्सीको रिजर्भ बढेको, बैङ्कमा तरलता  प्रशस्त रहेको उल्लेख गर्नुभयो । उहाँले व्यवसायीहरूको नेतृत्व गर्नेहरूले सकारात्मक माहोल तयार गर्न सके लगानीको वातावरण बन्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी इमानदार हिसाबले काम गर्ने हो भने काम गर्न सकिने रहेछ । यो मेरो आफ्नै उदाहरणले प्रमाणित गरेको छ । निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्न खोज्यौँ भने वास्तवमा छोटो समयमा धेरै चिजहरू गर्न सकिन्छ । १० अर्ब बराबरको पेड अफ क्यापिटल भएको इन्भेस्टमेन्ट कम्पनी छ भने यसलाई एज इक्युटिको रूपमा यदि मान्ने हो भने २०, २५ प्रतिशत मान्ने हो भने करिब ४० अर्ब बराबरको आयोजनामा लगानी गर्न सकिन्छ । अहिले पर्यटनको कुरा गर्दा टुरिस्टको नम्बहरु बढेको छ । रेमिट्यान्सको कुरा गर्दा फ्लो बढेको छ । फरेन करेन्सीको रिजर्भ पनि त्यत्तिकै छ । बैङ्कमा लिक्वीडिटी पनि त्यत्तिकै छ । बैङ्कको ब्याजदर पनि सिङ्गल डिजिजमा घटिसकेको छ । अहिलेको अवस्था भनेको नेपालका हरेक सम्भावना भएका क्षेत्रमा लगानी गर्ने राइट टाइम हो । व्यवसायीहरूको नेतृत्व गर्नेहरूले पोजेटिभ माहोल तयार गर्ने हो भने डाउन द लाइन नकारात्मक भाष्य चिर्दै लग्नसके लगानीको वातावरण बन्छ ।’

अध्यक्ष ढकालले निजी क्षेत्रले व्यावसायिक क्रियाकलाप बढाउ नसके, स्वतःस्फूर्त काम गर्न सके मात्रै रोजगारी सिर्जना, राजश्व वृद्धि हुने दाबी गर्नुभयो । तीन तहकै सरकारले निजी क्षेत्रलाई इन्करेज गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.