सङ्घले कर्णालीलाई दिने राजश्व बढाइनुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्य प्रदेश सरह सङ्घीय सरकारले बाँडफाँड गर्ने राजश्व कर्णालीका लागि न्यायोचित नभएको बताउनु भएको छ ।

आज सुर्खेतमा आयोजित सङ्घीय सबलीकरण सम्बन्धी प्रदेशस्तरिय कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले भूगोल र पिछडिएको प्रदेशका रूपमा रहेको कर्णालीलाई सङ्घीय सरकारले अन्य प्रदेश सरह राजस्व बाँडफाँड गर्दा न्यायोचित नहुने बताउनु भएको हो ।

उहाँले सङ्घीयता कार्यान्वयन महत्त्वपूर्ण पक्षको रूपमा रहेको वित्तीय सङ्घीयताको विषयमा सङ्घीय सरकार थप उद्धार हुनुपर्नेमा जोड दिनु भयो ।

सङ्घीयतापछि प्रदेशमा नागरिकका अपेक्षा र आवश्यकता बढेका बताउँदै उहाँले आम्दानीको अवस्था भने न्यून रहेकाले सङ्घीय सरकारले दिने कार्यक्रम र अनुदानलाई बढाउनै पर्ने बाध्यता रहेको बताउनु भयो । जनताको अपेक्षा र आवश्यकता बढदै जाँदा स्रोतको अभावमा जनताका यथोचित आवश्यकता पुरा गर्न नसकिएको उहाँको भनाई थियो ।

मुख्यमन्त्री कँडेलले सङ्घीयताका तीन महत्त्वपूर्ण पक्षमध्ये राजनीतिक, प्रशासनिक र वित्तीय सङ्घीयताका विषयमा प्रमुख दलका शीर्ष नेतृत्वले विशेष ध्यान दिन आवश्यक रहेको औँल्याउनु भयो ।

पछिल्लो समय सङ्घीय संरचनामाथि विभिन्न हिसाबले प्रश्नहरू खडा भइरहेको तर्फ सङ्केत गर्दे उहाँले केही कमीकमजोरी भए पनि अहिले नै सङ्घीयताको विषयमा पुनर्विचार गर्ने बेला भई नसकेको जिकिर गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.