निक्षेप बिमाको नयाँ अवधारणा बनाउनु पर्छ: गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बिमा (डिपोजिट इन्स्योरेन्स) को नयाँ अवधारणा बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौँमा निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै बैङ्कमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेण्ट गर्न सक्ने क्षमता निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्र र बैङ्किङ प्रणालीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्त्वपूर्ण रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको अर्थतन्त्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्त्वपूर्ण छ । बैङ्किङ सिस्टममा । करिब करिब २०/२१ प्रतिशत डिपोजिट भोलममा इस्योरेट भएको छ । हाम्रो एक्सपेक्टेसन सामान्यतया के रहन्छ भने ट्रेडिशनली जे काम गरिरहेको छौँ, ठिक छ, सबैले राम्रो गरिरहेका छौँ । अब नयाँ किसिमबाट डिपोजिट इन्स्योरेन्सको अवधारणा अनुरुप एउटा बैङ्कमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेण्ट गर्न सक्ने क्षमता भोलिको दिनमा डिसिजीएफहरुले राख्नुपर्छ ।’

गभर्नर अधिकारीले डिसिजीएफले समस्या भए कानुनी संशोधनका प्रस्तावहरू अघि बढाएर जानुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.