उत्तरी धादिङको तामाङ समुदायमा झाँक्री परम्परा अझै कायम

धादिङ –  उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित झाँक्री परम्परा अझै कायम रहँदै आएको छ । यो प्रचलन दक्षिणी धादिङको चेपाङ समुदायका मानिसहरूमा पनि उत्तिकै प्रचलित रहेको छ ।

पुर्खाहरूले परम्परादेखि नै गर्दै आएको संस्कार भन्दै तामाङ समुदायका मानिसहरूले विभिन्न पर्वहरूमा लामा र झाँक्रीहरूको नाच मनोरञ्जनको रूपमा निकाल्ने गरेका छन्। उनीहरूले तान्त्रिक विद्या समेत सिक्ने गरेका छन् ।

विशेष गरी लामा र तामाङ समुदायमा बसोबास गर्ने मानिसहरूको जन्म देखी मृत्युसम्मको संस्कारमा लामा झाँक्रीहरूको विशेष  भूमिका हुने गरेको छ ।

त्यस्ता संस्कारहरूमा विभिन्न कसिमका पाठहरू समेत गर्ने चलन रहेको छ । यसै अन्तरगत धादिङका र नुवाकोटका केही स्थानहरूमा भने महिलाहरूले समेत झाँक्री विद्या लिने परम्परागत चलन रहेको छ । उनीहरूले झाँक्री विद्या सिके पछी मोक्ष प्रप्तीका लागी भने विभिन्न आस्थाका देवी देवताका मन्दिरहरूमा जाने प्रचलन समेत रहेको छ ।

लामा अर्थात् झाँक्रीहरू गाँउदेखी नै नाच गान सहित शक्ति पिटहरूमा जाने चलन रहेको छ जसले गर्दा मनमा चिताएको कुरा पुरा हुनुका साथै मोक्ष प्राप्ती गर्ने विश्वास उनीहरूमा रहेको छ ।

विशेष गरी धादिङ र नुवाकोटका तामाङ समुदायका मानिसहरूले भने विभिन्न पर्व र उत्सवहरूमा पवित्र धार्मिक स्थल गँगा जमुना र सिंगला देवीको दर्शनका लागी आउने गर्दछ । यसरी आउँदा झाँक्रीहरूकै भेषमा परम्परागत बाजा डाङ्ग्रो बजाउँदै नाचगान गर्दै आउने गर्दछ । भदौ पूर्णमाको दिनदेखि सुरु भई बडा दशैका विभिन्न तिथिहरूमा उनीहरू आउने गरेका छन् ।

आधुनिक स्वास्थ्य प्रविधिले धेरै फड्को मारेको भए पनि देशमा ग्रमिण भेगहरूमा अझै पनि जटिल स्वास्थ्य उपचारमा समेत स्थानीय धामी झिक्राको भर पर्ने ठुलै जमात छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.