कोशी प्रदेश सभा अधिवेशन अन्त्य

मोरङ- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सभाको चालु पाँचौ अधिवेशन गएराति १२ बजे देखि अन्त्य गर्नुभएको छ ।

कोशी प्रदेश सरकारको शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको सिफारिश अनुसार संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु पाँचौ अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । अधिवेशन अन्त्यको पत्र प्रदेश सभाको बैठकमा सभामुख अम्बर बहादुर विष्टले पढेर सुनाउनु भयो ।

गत बैशाख ३१ गते देखि शुरु भएको प्रदेश सभाको बजेट अधिवेशनमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुइ पटक विश्वासको मत लिनुभएको थियो भने केही प्रदेश ऐन संसोधन विधेयक, प्रदेश निजामति सेवा ऐन संसोधन विधेयक र कृषि अनुदान सम्बन्धि व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेकेा छ ।

बजेट अधिवेशनमा विषयगत समितिका प्रतिवेदन, र्सार्वजनिक लेखा समितिको प्रतिवेदन र महालेखा परिक्षकको प्रतिवेदन पेश गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.