सशस्त्र प्रहरीबलद्वारा १४ के.जी. गाजा बरामद

मकवानपुर- मकवानपुरमा पछिल्लो समय सशस्त्र प्रहरी बलको सक्रियतासँगै अबैध भन्सार छली आएका समान लगायतका समान बरामद हुन् थालेका छन् ।

शुक्रबार प्रहरी बल नेपाल १४ नं हेडक्वाटरले करिब १४ केजी गाजा बरामद गरेको छ । बिशेष सुचनाको आधारमा प्रहरी सहायक निरिक्षक बिर बहादुर लामाको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।

प्रहरी टोली देख्नासाथ हेटौडा उपमहानगरपालिका-३ लेवट सामुदायिक बनबाट हेटौडा आउँदै गरेका दुई जना व्यक्ति झोला छोडी भागेका थिए । उक्त स्थान हेटौडाबाट करिब ७ किमी पश्चिम रहेको छ ।

केहि दिन अगाडी पनि भारतीय तिर्थयात्री बसमा करिब ३ लाख मुल्य बराबरको सुनको धातु लेपन गर्ने केमिकल तथा चिनी, कपडा लगायतका समान बरामद भएको थियो ।

बरामद गरिएका समान बिरगंज भन्सार कार्यालय पठाउने गरेको १४ नं हेडक्वाटर गणपति प्रहरी उपरिक्षक ज्ञान प्रसाद भुर्तेलले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.