दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको छ: देउवा

काठमाडौँ- सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताउनुभएको छ ।

शनिवार काभ्रेको धुलिखेलमा विपी कोईरालाको शालिक अनावरण गर्दै उहाँले दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको बताउनु भयो ।

सत्ता सहकार्य गरेर दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने जोड दिदै सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तिमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । काँग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आईरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘एमाले र काँग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो । दुई वटै पार्टी मिल्दाखेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरुलाई । तर प्रतिष्पर्धी पार्टी मिल्दाखेरी देशभरीमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरु खुशी भएका छन ।

त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ । तर हामीले काम पनि त्यही अनुसार गर्नु पर्यो ।  काँग्रेसले कामै गर्दैन भन्छन है विचार गर्नु । काँग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्छन् । अनि खाईदेला नि अरु पार्टीले । त्यसकारणले काँग्रेसले अरु बढि काम गर्नुपयो । जनतासँगको सम्बन्ध बढाउनु पर्यो । जनताको दिल जित्नुप¥यो । जनताको कामहरु गर्नुपर्यो । । त्यसकारण जनताको कामहरु हामीले गर्दै जानुपर्दछ । हामीले जिल्लाका मात्रै होइन, प्रदेशका सबै ठाउँका विकास योजनाका कामहरु गरेर आफ्नो ठाउँका लागि, आफ्नो गाउँको लागि, आफ्नो जिल्लाको लागि त्यतिमात्रै होइन, सर्वसाधारण जनता र खासगरीकन दुःख पाएका जनताको लागि हामीले काम ग¥यौँ भने काँग्रेसलाई नम्बर वान पार्टी बनाउने उद्देश्य छ । यसै काममा लाग्नका लागि म सबै साथीभाईहरुलाई आग्रह गर्न चाहन्छु ” सभापति देउवाले भन्नु भयो ।

सभापति देउवाले संविधानमा समावेशी समानुपातिक सिष्टमका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पु¥याउने गरी काँग्रेसले मेहनतका साथ काम गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.