बिजुलीको करेन्ट लगाएर मारिएको अवस्थामा जंगली हात्ती फेला

बारा- बाराको कोल्हबी नगरपालिकावडा नं २ मा जंगली हात्तीलाई बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको छ ।

करिब १५ बर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताउनु भएको छ ।

हात्तीको घाटीमा करेन्टको तार बेरिएको अवस्थामा छ । स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको अवस्थामा फेला परेको हो ।

२०८० फागुनमा सोही स्थानमा करिब तीन बर्षको पोथी बाघ समेत मृत अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.