नेपालमा पहिलो पटक योगा महोत्सव हुँदै

काठमाडौं – नेपालमै पहिलो पटक योगा महोत्सव हुने भएको छ। होटल एसोसिएन अफ नेपाल (हान), नेपाल योगा उत्सवले पोखरास्थित पूर्ण सेन्टरमा अक्टुबर १६ तारिखदेखि १९ सम्म महोत्सव सञ्चालन गर्न लागेको हो।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले योगा र पर्यटन क्षेत्रसँगै अगाडि बढाउँदा मुलुकको समग्र पर्यटन क्षेत्र थप गतिशिल हुने बताउनुभयो। ‘योगा विज्ञको सहकार्यमा पहिलो पटक पोखरामा योगा महोत्सव आयोजना गर्न लागेका हौं ’, अध्यक्ष शाहले भन्नुभयो ‘नेपाल आफैँमा आध्यात्मिक गन्तव्य भएकाले विदेशबाट योगाकै लागि आउने पर्यटकलाई थप आकर्षित गर्न सक्ने आशा लिएका छौं।’

उहाँले निकट भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको योगा पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको पनि जानकारी दिनुभयो। आयोजक लता तुलाचनले नेपाल प्राकृतिक रुपमा हिमालदेखि तराईसम्म योगाका लागि प्रचुर सम्भावना बोकेको देश रहेको बताउनुभयो। योगासँगै वेलनेस पर्यटनले मुलुकको समग्र पर्यटनमा महत्त्वपूर्ण योगदान दिने उहाँको भनाई थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.