रास्वपा केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताहरुको भिड (फोटो फिचर)
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुको भिड बढेको छ । सभापति लामिछाने हरि ढकाल लगायतका नेता सांसदहरु कार्यालयभित्रै छन् भने कार्यकर्ता नेताहरुको अवेरसम्म आउ जाउ चलिरहेको छ।
पार्टी मुख्यालयमा कार्यकर्ता शुरक्षा कर्मी र संचारकर्मीहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ । पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता-कार्यकर्तालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले आफूलाई निरन्तर खेद्ने र लखेट्ने कोसिस भइरहेको बताउनु भएको छ ।
सभापति लामिछानेकले राज्यसत्ता दुरूपयोग गरेर एउटा मानिसलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको भन्दै सरकारले रास्वपा एउटा व्यक्तिको नभइ अभियान भइसकेको धारणा राख्नु भयो ।
प्रतिक्रिया राख्नुहोस्