रामेछापमा दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या दुई पुग्यो

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं–५ स्थित सुनारपानीमा वलेरो दुर्घटनामा परी मृत्यु हुनेको सख्या दुई पुगेको छ ।

मन्थली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रविन कुमार कार्कीका अनुसार गम्भीर घाइते भई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएका ६९ वर्षीय दिलिप कुमार वरुवालको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला सदरमुकाम मन्थलीबाट सालुतर्फ जाँदै गरेको वा १८ च १८३९ नं को डवल क्याप वलेरो आइतवार दिउँसो सुनारपानीको भदौरे मोडमा दुर्घटना हुँदा मन्थलीनगरपालिका वडा नं ४ कि ६० वर्षिय पदम माया नेपालीको घट्ना स्थलमै मृत्यु भएको थियो । उनी मन्थली नगरपालिका वडा नं-४ कि दलित महिला वडा सदस्य समेत हुन् ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका मन्थली न पा-४ का ४२ बर्षिय वलेरो चालक गुनकुमार थापामगरको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा सोही वडाकी वर्ष ३४ की सीता नेपाली बर्ष २५ कि सुजिता रसाइली, वर्ष २५ कै सरिता नेपाली र उनकी ५ महिनाकी छोरी रोनिषा नेपालीको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भैरहेकोछ ।

मन्थलीबाट सुनारपानी हुँदै भित्री कच्ची सडक प्रयोग गरी सालुतर्फ जाँदै गरेको उक्त वलेरो अनियन्त्रित भई सडकबाट करिव १ सय ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.