जापानमा वर्षाका कारण छ जनाको मृत्यु

टोकियो –  जापानको इशिकावा प्रान्तमा भारी बर्षाका कारण छ जनाको मृत्यु हुनुका साथै दश जना बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको उद्धार कार्य जारी रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

मृतक मध्येका दुई जना कामदार आइतबार एउटा सुरङनजिकै मृत फेला परेका थिए । स्थानीय प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय सञ्चारमाध्यम एनएचकेले शनिबार भग्नावशेषमुनि गाडिएका अन्य दुई जना महिलाको शव फेला परेको जनाएको छ ।

नदी क्षेत्र नजिकै उद्धार गरिएको एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने एउटा घर पहिरोमा डुब्दा थप एक जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।

अधिकारीहरूले अझै पनि केही व्यक्तिहरूको सुरक्षा पुष्टि नभएकाले वेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको एनएचकेले जनाएको छ ।

भारी वर्षाले शनिबारदेखि इशिकावामा सामान्य जनजीवन प्रभावित भएको छ भने यो क्षेत्र केही समयअघि मात्र ठूलो भूकम्पबाट प्रभावित भएको थियो ।

जापानीको मौसम विभागले आइतबारदेखि इशिकावा प्रान्तका केही भागहरूका लागि भारी वर्षाको आपतकालीन चेतावनीलाई कम गर्दैसम्भावित बाढी र पहिरो विरुद्ध निरन्तर सतर्कता अपनाउन आह्वान गरेको छ ।

एनएचकेका अनुसार भारी वर्षाले निम्त्याएको पहिरोका कारण जापानका ११५ वटा गाउँलाई सिथिल पारेको छ भने आपूर्ति र पूर्वाधारमा लामो समयसम्म पर्ने प्रभावबारे चिन्ता बढ्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.