नागढुङ्गा-मुग्लिन सडक यात्रा कष्टकर बन्दै – फोटो फिचर

धादिङ –   बुटवल नारायणगढ सडक खण्डको कष्टप्रद यात्रा गरेर आउने यात्रुलाई सङ्घीय राजधानी प्रवेश गर्ने बेला फेरि अर्को सास्ती खेप्नुपर्ने हुन्छ । काठमाण्डौँबाट देशका विभिन्न भागमा जाने र काठमाडौँ आउने यात्रुले नागढुङ्गा–मलेखु -मुग्लीन सडकमा निकै सास्ति खेप्नु पर्ने बाध्यता छ। कामको प्रकृति हेर्दा चाडपर्वको बेला पनि यो सडक मर्मत सम्भारको कामले गति पाउन सकेको छैन । 

स्तरन्नोतीका नाममा सडक खन्ने अनि बीचमै त्यत्तिकै छाड्ने प्रवृतिले गर्दा सडक झन विग्रदो अवस्थामा पुगेको छ । सडको दुराअवस्थाका कारण  दसैँको वेला राजधानी छाडेर थातथलो फर्कनेहरुले यात्रमा थप सास्ती भोग्नुपर्ने देखिएको छ ।
त्यसमाथि मनसुनी वायुको प्रभाव कायमै छ । लामो र पट्यारलाग्दो यात्रा गरेर देशका विभिन्न भूभागबाट राजधानी आइपुग्ने बेला बेहोर्नुपर्ने यो सास्तीले यात्रुलाई दिक्क बनाउँछ ।
अर्कोतिर काठमाण्डौँबाट गन्तव्यमा निस्कनलाई यात्रा सुरु मात्र भएको हुन्न सुरु हुन्छ सास्ती । सडकभरि खाल्डाखुल्डी छन् । काटिएका भित्ताबाट पहिरो झरिरहन्छ । पानी परे हिलै हिलो । घाम लागे धुलै धुलो ।
चालकहरूलाई पनि सवारी चलाउन कम्ती सकस छैन । सडक निर्माणको जिम्मा लिएका कम्पनीहरूले सडक निर्माणमा पूर्ण रूपमा आफ्नो श्रोत साधन परिचालन नगर्दा निर्माणको कामले गति लिन नसकेको हो । सरकारको निर्देशन अनुसार पर्व लक्षित सडक मर्मत गर्न निर्माण कम्पनीहरूलाई निर्देशन दिइसकेको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे बताउनु हुन्छ । आगामी १७ गतेसम्म पहिलो चरणको काम सम्पन्न गरी बाँकी काम दोस्रो चरणमा गर्ने उहाँको दाबी छ ।
नाग ढुङ्गा मुग्लीन सडक आयोजना पूर्वी खण्डाका प्रमुख केशव ओझा भने सडक मर्मतको काम सुरु गरिसकेको बताउनु हुन्छ ।
बिग्रिएको सडकका कारण लाग्ने सवारी जामले अहिले नागढुङ्गा–मलेखु मुग्लीन सडक खण्डमा सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई पनि निकै चुनौतीपूर्ण बनेको छ ।
नागढुङ्गदेखी मुग्लीनसम्म तिन घण्टामा तय गर्न सकिने यात्रा आजकाल झन्डै दोब्बर लामो भएको छ । त्रिभुवन राजपथको १२ किलोमिटर सडक कालो पत्रका लागि अन्तिम अवस्थामा रहे पनि पृथ्वी राजमार्गको नौबिसेदेखि मुग्लीन सम्म भने सडकको अवस्था निकै दयनीय छ । निर्माणाधीन अवस्थामा रहेको नाग ढुङ्गा  मलेखु मुग्लीन सडक ९३ किलोमिटरको रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.