संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार हो: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं – पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार भएको बताउनुभएको छ ।

सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १० वर्षसम्म आधारभूत कानुन नबनाउने अनि संविधान संशोधन हुनु हुँदैन भन्ने कुरा गलत हुने बताउनु भयो । उहाँले संविधान जतिसुकै राम्रो भयो भए पनि कार्यान्वयन नभए राम्रोका अर्थ नहुने बताउनु भयो । उहाँले सङ्घीयताको कार्यान्वयन, क्षत—विक्षत हुन्छ भने वा यसको आधारभूत उद्देश्य हासिल हुनमा नै व्यवधानकारी हुन्छ भने कार्यान्वयन नहुनु आफैँमा पनि संविधान पुनरावलोकनको एउटा आधार भएको बताउनु भयो । उहाँले संविधान कार्यान्वयन गर्ने माहोल खडा गर्नका लागि यसका समस्याको पहिचान जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान जतिसुकै राम्रो भयो भने पनि संविधान कार्यान्वयन भएन भने त्यो राम्रोको अर्थ हुँदैन । कार्यान्वयनको चरणमा जहाँसम्म प्रश्न छ, सबैजसो वक्ता के भन्नुभयो भने यो कार्यान्वयन भएकै छैन, अल्प कार्यान्वयन भएको छ । कार्यान्वयन नै नभई कन के समीक्षा गर्ने ? भन्ने दृष्टिकोण एउटा हो । तर १० वर्ष हुँदासम्म एउटा आधारभूत ऐन बनाउन नसक्ने, जसको कारण सङ्घीयताको कार्यान्वयन, क्षत—विक्षत हुन्छ भने वा यसको आधारभूत उद्देश्य हासिल हुनमा नै व्यवधानकारी हुन्छ भने कार्यान्वयन नहुनु आफैँमा पनि संविधान पुनरावलोकनको एउटा आधार हो । संविधान किन कार्यान्वयन भएन ? भन्ने कुराको जवाफमा संविधान संशोधन हुने कुरा होइन नि । संविधान कार्यान्वयन गर्ने माहोल खडा गर्नका लागि पनि यसका अवरोधहरू के हुन् ? भन्ने ठम्याउनका लागि पनि सायद संविधानको पुनरावलोकन गर्नुपर्छ । आवश्यकताअनुसार संशोधनका लागि बाटो खोज्नुपर्छ ।’

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमा कुनु कन कुरामा संशोधन गर्नुपर्छ भन्ने कुरा दलका नेताहरूले अघि सार्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.