अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्नु हुने भएको छ ।
चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लाग्नु भएको हो ।
उहाँले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ ।अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.