गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य

कास्की- गण्डकी प्रदेशको छैटौं अधिवेशनको २६औं बैठकमा बिभिन्न निर्णयसँगै यस बर्षको बर्षे अधिवेसन पनि अन्त्य गरिएको छ ।

सभामुख कृष्णप्रसाद धितालले २६औं बैठक समापनसँगै बर्षे अधिवेसन गएराती १२ बजेदेखी अन्त्यका लागी प्रदेश प्रमुखले सभामा जानकारी पठाउनु भएकोले अब हिउँदे अधिवेशनसम्मका लागी अन्त्य भएको घोषणा गर्नु भएको हो ।

बैठकमा मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले अहिलेसम्म भएका २६ बैठकमा ११ वटा बिधेयक पारित भई कार्यान्वयनका क्रममा रहेका र केही बिधेयक टेबुल भएको जानकारी गराउँदै प्रदेश सरकारले बर्षादका बेला प्रदेशका बिभिन्न ठाउँमा बाढी पहिरोका कारण ठुलो धनजनको क्षति भएकोले पीडितहरुको उचित ब्यबस्थापन भैरहेको जानकारी गराउनु भयो ।

बैठकमा बिशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरुले गण्डकी प्रदेशमा अब बिकास निर्माण र जनताको अपेक्षा पुरा गर्न मन्त्रीलगाएत प्रदेश सदस्य तथा स्थानिय नागरीकहरुको सहकार्य हुनुपर्नेमा जोड दिनु भएको थियो ।

त्यसैगरी बैठकमा उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बश्याल, स्वास्थ मन्त्री कृष्ण प्रसाद पाठक र यातयात मन्त्री प्रकाश बहादुर केसीले मन्त्रालयबाट भएगरेका कामको प्रगतीका बारेमा संसदमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.