त्रिविमा २०५८ पछिका परीक्षार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले  २०५८ साल पछिका परीक्षार्थीका लागि मौका परीक्षा संचालन गर्ने भएको छ ।

विश्वविद्यालयले आज गोरखापत्र दैनिकमा एक सूचना प्रकाशन गर्दै वार्षिक प्रणाली अन्तर्गत २०५८ सालदेखि र सेमेस्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूको लागि मात्र एक पटक मौका परीक्षाको अवसर दिने जानकारी गराएको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष  प्राध्यापक डाक्टर खड्ग के सी को अध्यक्षतामा हिजो बसेको  बैठकले  मौका परीक्षाको ब्यवस्था गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।

त्रि.वि. अन्तर्गतका मानविकी तथा सामाजिक शास्त्र, शिक्षा, व्यवस्थापन, कानुन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिइने व्यहोरा सूचित गरिन्छ”  त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.