राजनीति नेतृत्वविरुद्ध भइरहेका आक्रोश स्वभाविक: सभापति देउवा
बारा – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीति नेतृत्व विरुद्ध भईरहेकाे आक्राेश स्वभाविक भएको संकेत गर्नु भएको छ ।
पर्साकाे वीरगन्जमा आयाेजित कार्यक्रम जाने क्रममा बाराकाे सिमरा विमानस्थलमा सञ्चारकर्मीकाे प्रश्नमा सभापति देउवाले आक्राेश भईरहन्छ भनेर प्रतिक्रिया दिनुभएको हाे ।
सहकारी ठगी विरुद्धकाे कारबाही राेकिएकाे हाे भन्ने प्रश्नमा आफुलाई त्यसबारे थाहा नभएको सभापति देउवाले बताउनु भएकाे छ । सभापति देउवालाई स्वागत गर्न बाक्लो मात्रामा कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।
बुद्ध एयरलाइन्सको नियमित उडानबाट सिमरा आएका देउवासगै पार्टीका शिर्षस्थ नेतृत्व समेतकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिक्रिया राख्नुहोस्