दुर्गा प्रसाईलाई छाड्न सर्वोच्चद्वारा अस्वीकार,कारण देखाऊ आदेश जारी

काठमाडौँ-सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनमुक्त गर्न माग गर्दै परेको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

मङ्गलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले जानकारी दिनु भयो ।

दुर्गा प्रसाईँका छोरा नीराजन प्रसाईँले बुबालाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गर्नुभएको थियो । प्रहरीले आइतबार प्रसाईँलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.