दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुला गरिने

काठमाडौं–  दशैंका लागि आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ ।

नेपाल यातायत व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात व्यवस्था विभागबीच आज भएको छलफलमा आगामी शनिवारबाट अग्रिम बुकिङ्ग खुलाउने लगायतका विषयमा सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

”महासङ्घ र यातायात व्यवस्था विभागका साथै विभिन्न सरोकारवाला निकायबीच विभिन्न विषयमा छलफल गर्दा चाँडपर्वमा सवारी ब्यवस्थापन सहज बनाउन २० बुँदे निर्णय बैठकले गरेको छ । असोज १२ गते शनिबारदेखि टिकेट बुकिङ्ग खुला हुन्छ” सिटौलाले भन्नुभयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.