प्रधानमन्त्री ओली र युएसएआडीका प्रमुख पावरबीच भेटवार्ता

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (युएसएआडी)का प्रमुख सामन्थ पावरबीच भेटवार्ता भएको छ ।

सयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी हुनुहुन्थ्यो ।

त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले मुख्यालयमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्री ओलीले आजै राष्ट्रसङ्घको मुख्यालयको महासभाका शक्ति राष्ट्रका प्रमुखहरुको सम्बोधनका समयमा सभामा भाग लिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.