श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिद्वारा संसद विघटन, नोभेम्बरमा निर्वाचनको घोषणा

काठमाडौं- श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा देशानायकेले तत्काल आम निर्वाचन गराउने भन्दै संसद विघटन गर्नुभएको छ ।

श्रीलंकाको २ सय २५ सदस्यीय संसदमा राष्ट्रपति अनुराको नेसनल पिपुल्स पावर गठबन्धनले तीन सिट मात्रै जितेको थियो । निर्वाचन तोकिएको समयभन्दा झण्डै एक वर्ष अगाडि आगामी नोभेम्बर १४ मा हुने सरकारी राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

राष्ट्रपतिले मङ्गलबार आफ्ना सहयोगी हरिणी अमरसूर्यालाई प्रधानमन्त्रीमा चयन गर्दै देशको इतिहासमा तेस्रो पटक महिला चयन गर्नुभएको हो ।

अमरसूर्यालाई प्रधानमन्त्रीका अतिरिक्त न्याय, शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालयको जिम्मेवारी समेत तोकिएको छ । प्रधानमन्त्रीसहित अन्य जनाले सबै मन्त्रालयको जिम्मेवारी बहन गर्नुहुनेछ ।

संसद विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्नुहुनेछ । वर्तमान मन्त्रिपरिषद् श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रीमण्डल हुनेछ । शनिबार भएको राष्ट्रपतीय निर्वाचनमा देशानायके विजयी हुनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.