राष्ट्रिय राजमार्गको दायाँबायाँ मनोमानी रूपमा सडक खन्दा मुख्य राजमार्गको अस्तित्व नै सङ्कटमा

धादिङ –  राष्ट्रिय राजमार्गको दायाँबायाँ शाखा सडक खन्दा स्थानीय तहहरूले सडक विभागसँग अनुमति समेत लिनु पर्नै कानुनी मान्यता रहेको भए पनि स्थानीय पालिकाहरूले मनोमानी रूपमा सडक खन्दा मुख्य राजमार्गको अस्तित्व नै सङ्कटमा पर्ने अवस्था आएको छ ।
यस्तै चपेटामा अहिले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ समेत परेको छ । यसले दुर्घटना समेत निम्त्याउँदा बर्सेनि निकै ठुलो धनजनको क्षति समेत हुने गरेको तथ्याङ्क प्रहरीसंग छ ।
यसरी भौगर्भिक अध्ययन बिना खनिएका सडकहरू वर्षाको समयमा दुर्घटनाको प्रमुख कारण पनि बनिरहेका छन् ।
यस्ता सडकहरूबाट बगेर आएको लेदो सहितको गेग्र्यानले राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनमा ढुङ्गा लाग्ने, पुरिने र नदीमा खसेर दुर्घटना हुने सम्मको अवस्था सृजना भइरहेको छ ।   यस्ता जथाभाबी खनिएका ग्रामीण सडकहरूकै कारण वर्षामा राजमार्ग धेरै जसो  अवरुद्ध समेतहुने गरेको एक अध्यनले देखाएको छ ।
राजमार्गको स्तर उन्नतिका क्रममा सडक फराकिलो बनाउने नाममा जथाभाबी पहाडका भित्ता काट्दा पनि राजमार्गको यात्रा उत्तिकै जोखिमपूर्ण बनेको छ ।
गत असार २८ गते चितवनको सिमल तालमा लेदोसँगै आएको पहिरोमा परी २ वटा बस त्रिसुली नदीमा खसेर बेपत्ता भएका  थिए । जसमा  ६२ यात्रुको ज्यान गयो । बस र बसमा सवार ३८ यात्रुहरू अझै बेपत्ता छन् । ग्रामीण सडकबाट आएको लेदोका कारण बस दुर्घटना भएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पछिल्लो समय मुग्लीन नरायणघाट  खण्ड र राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग सामान्य बर्सातमा समेत ग्रामीण सडकबाट आएको लेदोसहितको गेग्र्यान र स्तर उन्नतिका क्रममा जथाभाबी काटिएको भित्ता खस्दा अवरुद्ध हुने गरेको छ । जस्ले गर्दा एकातिर यात्रुले सास्ती भोगिरहेका छन् भने अर्कोतिर यात्रा कस्टप्रद र जोखिमपूर्ण बनेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.