भारतमा मङकीपक्स पुष्टी

काठमाडौं – भारतमा नयाँ एमपोक्स स्ट्रेनको पहिलो केस देखिएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले सार्वजनिक स्वास्थ्य आपतकालीन चेतावनी जारी गरेपछि क्लेड १ बी भनिने यो नयाँ भेरियन्ट देखा परेको छ । यो अत्यधिक संक्रामक भएको जनाईएको छ ।

यो अफ्रिकामा एमपक्सको प्रकोपसँग जोडिएको छ।भारतको दक्षिणी राज्य केरलाका ३८ वर्षीय पुरुषमा यो स्ट्रेन फेला परेको समाचार छ । उनी हालै दुबईबाट फर्केका थिए । विश्व स्वास्थ्य संगठन डब्लुएचओले गत अगस्टमा अफ्रिकामा मंकीपोक्स भनिने एमपोक्सलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

त्यसयता यो भाइरसको सबैभन्दा खतरनाक भेरियन्ट अफ्रिकी महादेश बाहिरका स्वीडेन, थाइल्याण्ड र पाकिस्तानलगायत देशमा फैलिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता मनिषा वर्माले केरलाको मलप्पुरम जिल्लामा देखिएको एमपोक्स केस क्लेड १ को भएको पुष्टि गरेकी छिन् । ती बिरामीको अस्पतालमा उपचार भइरहेको र उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी र निगरानी भइरहेको अधिकारीहरूले बताएका छन्। यसै महिनाको सुरुमा उत्तरी हरियाणा राज्यका एक पुरुषमा एमपोक्स स्ट्रेन फेला परेको थियो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.