राष्ट्र बैङ्कले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गर्दै
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गर्ने भएको छ ।
बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी राष्ट्र बैङ्कले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गरेको हो । राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्कको लागि यसअघि २०७१÷७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएकोमा अब परिवर्तन गरी यो वर्षबाट २०८०÷८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्ने भएको छ ।
राष्ट्र बैङ्कले उपभोगको प्रवृत्ति, मूल्य सङ्कलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्य भार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरेको बताएको छ ।
पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपरेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बताउनु भयो । उहाँले परिवर्तन गर्न जाखेका कुराहरू अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तरको प्रक्रिया भएको बताउनु भयो । उहाँले उपभोक्ता मूल्य सूचकाङ्कमा केही तल माथि भए आगामी दिनमा सुधार गर्दै लैजाने बताउनु भयो । उहाँले उपभोक्ता मूल्य सूचकाङ्क मार्केट सेन्टरहरू बढेर गएका, ५० जिल्ला मात्रै समेटिएकोमा अहिले सबै जिल्ला समेटिएको भएको बताउनु भयो ।
उहाँले ४९६ वस्तुहरूको मूल्य सङ्कलन गरिने भए पनि अहिले ५२५ पुर्याइएको बताउनु भयो । उहाँले ‘उपभोक्ता मूल्य सूचकाङ्क’ उपभोगको प्रवृत्ति भएको परिवर्तन र समयअनुकलका मूल्यहरूलाई पनि समावेश गराएर डाईनामिक बनाउन खोजिएको बताउनु भयो । उहाँले उपभोगको प्रवृत्ति, मूल्य सङ्कलन केन्द्र विस्तार र वस्तुको वास्तविक मूल्य समावेश गर्ने गरी उपभोक्ता मूल्य सूचकाङ्क बनेको बताउनु भयो । उहाँले बजार मूल्यसँग राष्ट्र बैङ्कले प्रकाशित गर्ने मूल्य मिल्दोजुल्दो नभएको भन्ने सन्र्दभमा समग्र वस्तुको मूल्यको आधारमा मूल्य सूचकाङ्क निकालिने हुँदा त्यस्तो देखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘परिवर्तन गर्न जाखेका कुराहरू अहिल्यै पनि पूर्ण हुँदैन । हामीले यो परिपूर्ण भन्ने खोज्यौँ भने हामी सही हुँदैनौ । परिवर्तन भन्ने कुरा निरन्तरको प्रक्रिया हो । हामी त्यही डाइरेक्सनमा जाँदै छौँ । केही तल माथि छन् भने भोलिको दिनमा सच्याउने छौँ ।
‘उपभोक्ता मूल्य सूचकाङ्क’को सन्दर्भमा मार्केट सेन्टरहरू बढेर गएका छन् । ५० जिल्ला मात्रै कभर भएकोमा अहिले ७७ जिल्ला कभर भएका छन् । बस्तुको सन्दर्भमा ४९६ वस्तुहरू अहिले ५२५ पुगेको छ । २९ वटा मात्रै वस्तु बढेको देखिए पनि बढेको वस्तु १३५ हो । १०६ वस्तुहरू हटाएका छौँ । उपभोक्तामा उपभोगमा भएको परिवर्तनलाई सम्बोधन गर्न खोजिएको छ । समयअनुकलका मूल्यहरूलाई पनि समावेश गराएर डाई नामिक बनाउन खोजिएको छ । उपभोक्तामा उपभोगमा भएको परिवर्तन र बजारमा भएका वस्तुहरूलाई रिप्रिजिटेशन गर्ने गरी उपभोक्ता मूल्य सूचकाङ्क’ बनेको छ ।
बजार मूल्यसँग राष्ट्र बैङ्कले प्रकाशित गर्ने मूल्यसँग मिल्दैन भन्ने प्रश्न जुन छ । एउटा मात्रै वस्तुको मूल्य १० रुपैयाँले बढ्यो र अन्य कुनै पनि वस्तुको मूल्य परिवर्तन भएन मसिनो चामलको मात्रै एक वर्षमा १० मूल्य बढ्यो भने समग्र सूचकाङ्कमा १ प्रतिशत भन्दा तल बढ्यो । तर बजारमा प्रश्न आउन सक्छ । यो विषयमा सञ्चारमाध्यमले बुझाउन सक्नुपर्छ । यो परिवर्तनसँगै विगतको भन्दा वास्तविकता हुनेछ ।’
सङ्घीय संरचनाअनुसार तथ्याङ्क सङ्कलन गर्न आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकाङ्क गणनामा परिमार्जन गरिएको राष्ट्र बैङ्कले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय तथ्याङ्क विभाग, केन्द्रीय तथ्याङ्क कार्यालय र राष्ट्र बैङ्कको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकाङ्क तयार गरेको हो । राष्ट्र बैङ्कका अनुसार १ लाख २ हजार भन्दा बढी मूल्यका भार अङ्कसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकाङ्क निकालिन्छ । ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकाङ्क निकालिने गरेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्