ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौंः मेयर महर्जन

ललितपुर –   ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरिबाबु महर्जनले बताउनुभएको छ ।

बुधवार ललितपुरमा आगलागि नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । मेयर महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि ४ मिनेटभित्र आवश्यक दमकल लगायतका सामग्रीहरू पुर्‍याई सक्ने गरी योजना तय गरिएको पनि बताउनु भयो । हाम्रो उद्देश्य भनेको नेपालमा रहेको २९३ वटा नगरपालिकाहरु मध्ये विपद्मा ललितपुर महानगरपालिका पहिलो बनाउनु रहेको उहाँको भनाई थियो । मेयर महर्जनले तत्काल विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कामहरू राम्रोसँग अघि बढाएको दाबी समेत गर्नुभयो । उहाँले विपद् व्यवस्थापनका लागि पुलचोक दमकल सेन्टरलाई केन्द्र भागमा राखेर अन्य ठाउँमा पनि ४ वटा सवस्टेशनहरु बनाउने गरी अध्ययन गराइएको र सो कामलाई चालु आर्थिक वर्ष भित्रैबाट सुरु गर्ने समेत जानकारी दिनुभयो ।

मेयर महर्जनले भन्नुभयो, ‘हाम्रो उद्देश्य भनेको नेपालमा २९३ वटा नगरपालिकाहरू छन् भने ती सबै नगरपालिकाहरु मध्ये विपद्मा हामी ललितपुर महानगरपालिका नम्बर वान हुन चाहन्छौ । यसका निमित्त हाम्रो तर्फबाट गर्नुपर्ने काम कुराहरू एकदमै राम्रोसँग अगाडि बढिरहेको छ । र हालसालै हामीले एउटा अध्ययन पनि गराएका छौँ कि ललितपुर नगर क्षेत्रमा कुनै पनि ठाउँमा विपद् हुँदा खेरी ४ मिनेट भित्रमा हाम्रो विपद्का अवयवहरू दमकल, एम्बुलेन्सलगायतका सामग्रीहरूको त्यो ठाउँमा पुग्नुपर्छ भन्ने किसिमको अध्ययन गरिएको छ । त्यही प्रतिवेदन अनुसार ललितपुर महानगर क्षेत्रमा पुलचोकको जुन दमकल छ । त्यसलाई सेन्टरमा पारेर ४ वटा थप ठाउँमा सवस्टेशन खोल्नुपर्छ भन्ने उहाँहरूको सुझाव छ । र सोही सुझाव अन्तर्गत हामीले अहिले यो वर्ष ललितपुर महानगरपालिकाको रातो पुस्तिकामा त्यो बजेटको व्यवस्था पनि गरेका छौँ । तर यो भन्न सजिलो, गर्न महाभारत छ । गर्न धेरै गाह्रो छ । तर पनि यो वर्ष हामी त्यसको शुभारम्भ गर्दैछौं । मलाई जहाँसम्म लाग्छ–१÷२ वर्ष लाग्ला तर त्यो पूरा हुन्छ भन्ने कुरा मैले यहाँहरूलाई निवेदन गरेँ ।’

मेयर महर्जनले ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्र भित्रको मात्रै नभई ललितपुर जिल्लाका सबै स्थानीय तहलाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिएको पनि बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.