नेपालको अर्थतन्त्र सुधारोन्मुख : एसियाली विकास बैंक

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण

काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ ।

बुधबार एडीबीले एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै आर्थिक बर्ष २०८१/८२ मा नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ९ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेको हो । जुन आर्थिक बर्ष २०८०/८१ को अनुमानित भन्दा ३ दशमलव ९ भन्दा माथि रहने आउटलुकमा उल्लेख गरिएको छ । यसअघि एडिबीले अप्रिलको प्रक्षेपणमा ४ दशमलव ८ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान गरेको थियो ।

यो बीचमा नेपालको कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत उत्पादनमा भएको वृद्धिसहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले वताउनु भयो ।

यसैगरी आर्थिक बर्ष २०८१/८२ मा मुद्रास्फीति ५ प्रतिशतभित्रै सिमित रहने आंकलन एडिबीको छ । व्यापार घाटामा सुधार , विप्रेषण आवप्रवाह र पर्यटन आगमनमा बृद्धि हुने देखिएकोले बाह्य क्षेत्रमा पनि सुधार आउने अनुमान गरेको छ । तर चालु आर्थिक बर्षमा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको १ प्रतिशत पुग्ने अनुमान एडिबीको छ । दक्षिण एसियाली क्षेत्रमा सन् २०२४ मा ६ दशमलव ३ प्रतिशत सन् २०२५ मा ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.