अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना गर्दैं काठमाडौँ विश्वविद्यालय

 काठमाडौँ-  काठमाडौँ विश्वविद्यालयले २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना गर्ने भएको छ ।

तीन दिन सम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टिइथ्निक लिटरेचर अफ द वर्ल्ड (MELOW)’ को संयुक्त आयोजनामा  गर्न लागिएको हो ।

सम्मेलन २०८१ असोज ११ गतेदेखि १३ गते अर्थात (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म काठमाडौँ विश्वविद्यालयमा धुलिखेलमा संचालन हुने छ ।

सम्मेलनमा विश्वभरका सांस्कृतिक साहित्य अनुसन्धाता, लेखक, प्राध्यापक, समीक्षक र विद्यार्थीहरू सहभागिता रहने छ ।  सम्मेलनका लागि MELOW कीअध्यक्ष प्रा. मञ्जु जाइड्का लगायत भारतबाट विद्वानहरूको टोली नेपाल आइपुग्नु भएको छ ।

सम्मेलनमा करिब ८० राष्ट्रिय र एक सय २० अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय सहभागीहरू रहने छन् भने करिब एक सय २० वटा कार्यपत्रहरू प्रस्तुत हुने मिडिया तथा प्रचार टीमका संयोजक डा काशिराज पाण्डेले जनाकारी दिनुभयो ।

सम्मेलनको उद्घाटनमा भारतको दिल्ली विश्वविद्यालयका प्रा. कृष्णन उन्नी र नेपालको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. अम्मराज जोशीले मुख्य सम्बोधन गर्ने  कार्यक्रम रहेको छ ।

सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा.रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतको समूह छलफल रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.