पहिरोले कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध

बागमती- अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । गएराती मकवानपुरको बकैया गाउँपालिका- १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो पन्छाउन जिल्ला सडक कार्यालय र फास्टट्रयाकसँग समन्वय गरी हटाउने पहल भइरहेको र अवरोध हटाउन करिब दिनभर लाग्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.