चीन र भारतबाट फाइदा लिन सके मुलुक विकास गर्न समय लाग्दैन: उपाध्यक्ष पाण्डे

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालले चीन र भारतबाट फाइदा लिन सके मुलुक विकास गर्न समय नलाग्ने बताउनुभएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारत विश्वकै तेस्रो र चीन पहिलो ठुलो अर्थतन्त्र भएको मुलुक बन्दै गरेको भन्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने उल्लेख गर्नुभएको हो । दुई छिमेकी देशहरू ठुलो अर्थतन्त्र भएको मुलुक बन्दै गर्दा नेपालले त्यसको फाइदा लिनुपर्ने र दुई देशबाट फाइदा लिन सक्ने क्षमता नेपालीहरूमा हुनुपर्ने बताउनु भयो । उहाँले क्यापिटलिजम र सोसलिजमलाई व्यवस्थित गरेर मात्रै देश समृद्ध बनाउन सकिने पनि बताउनु भयो । नेपालले चीन र भारतलाई मात्रै पनि राम्रोसँग समात्नसके विकसित मुलुकमा नेपाललाई लैजानका लागि समय नलाग्ने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘भारत अब तेस्रो ठुलो अर्थतन्त्र हुने देश हुन्छ अब । यो ग्यारेन्टी नै छ । केही समयमा चीन पहिलो र भारत तेस्रो ठुलो अर्थतन्त्र भएको देश हुने स्थिति छ । यो दुवै हाम्रो लागि ठुलो अवसर हो । यसलाई प्रयोग गर्ने क्षमता नेपालीहरूमा हुनुपर्छ । म कम्युनिस्ट विचारधाराको मान्छे । सरकारमा पुगेर काम गरेपछि म यो सरकार कम राखेमा हुने रहेछ, कर्मचारी कम राख्दा हुने रहेछ भन्नेमा पुगेँ । काम गर्नै दिँदैन, कम गर्न नै तयार हुँदैन । क्यापिटलिजम र सोसलिजमलाई म्यानेज गरेर मात्रै युरोप र चीनले देश बनाएका छन् । यो चिजलाई नेपालका खास गरी हाम्रो ब्युरोकेसी र पोलिटक्सले कमाण्ड गर्न सक्नुपर्छ । निजी क्षेत्रलाई कहिले कहीँ गाली गर्ने, यि व्यापारी हुन्, नाफा खान्छन्, यो त्यो गर्छन् भन्ने आरोप आउँछ । नेता पनि त्यस्तै हुन् गाली खान्छन् । कहिले कहीँ मलाई व्यापारी र नेता एउटै हुन् की जस्तो लाग्छ, दुवैले गाली खान्छन् । गाली खाएँ भनेर छोड्नु हुँदैन । तपाईँहरू अघि बढ्नुस् देश बन्छ । यो बाटोलाई अघि बढाउनुस् । चीन र भारतलाई मात्रै पनि राम्रोसँग हामीले क्याचअप गर्नसक्यौँ भने विश्वको जनसङ्ख्याको झन्डै तीन अर्ब जनसङ्ख्या हामीसँग छ । यसको मात्रै प्रयोग राम्रोसँग गर्न सके नेपाल विकसित मुलुकमा लैजान समय लाग्दैन ।’

उपाध्यक्ष पाण्डेले निजी क्षेत्रलाई एक भएर लगानी बढाउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.