रेड नोटिस जारी भएका ३ जना व्यक्तिहरू दुबईबाट पक्राउ

काठमाडौं – इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना व्यक्तिहरू दुबईबाट पक्राउ परेका छन् ।

रेड नोटिस जारी भएका ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहरु भुपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी र जबरजस्ती करणी मुद्दाका फरारप्रतिवादी रोमन कार्की दुबईमा पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।

इन्टरपोलबाट अन्तर्राष्ट्रिय स्तरमा समन्वय गर्दा निज प्रतिवादीहरुलाई दुबईमा पक्राउ परेकोले सम्बन्धित मुद्दामा कारवाही गर्ने र गराउने प्रयोजनार्थ मिति २०८१/०६/०९ गते नेपाल फिर्ता ल्याईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.