ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

धुलिखेल-   धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सिन्धुली मरिण गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २८ का रमेश ठाडाको मृत्यु भएको हो । उनलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका जानकारी दिएको छ ।

दिउसो १ बजेको समयमा बा ५ ख १२८१ को ट्रक आफैँ अनियन्त्रित भएर अरनिको राजमार्गमा पर्ने ३७ किलो भन्ने ठाउँमा आइचार गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। ३७ किलोस्थित केराघारी भन्ने ठाउँमा सडकबाट लगभग ७० मिटर तल खसेर उक्त आइचर गाडी (ट्रक) दुर्घटनामा परेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.