प्रधानमन्त्री ओलीले आज राति राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समय अनुसार आज राति संयुक्त राष्ट्र संघको ७९औँ महासभामा सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीको सम्बोधन नेपाली समय अनुसार राति २ बजेपछि हुनेछ ।

नेपालको शान्ति प्रक्रियालाई संयुक्त राष्ट्र संघसहित सम्पुर्ण विश्वले नियालिरहेको र शान्ति प्रक्रियाको कोशेढुंगा मानिएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित भएको सन्दर्भमा प्रधानमन्त्री ओलीको सम्बोधनलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले आज न्युयोर्कमा आयोजित विभिन्न समारोहलाई सम्बोधन गर्नुभएको छ ।

उहाँ आज उच्चस्तरीय भेटवार्तामा पनि व्यस्त रहनुभयो ।

आज संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले समृद्री सतह वृद्धिका कारणबारे चर्चा गर्नुहुँदै एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.