कोशी ब्यारेजमा बस खस्यो, २० जना यात्रुको सकुशल उद्धार

सुनसरी- कोशी ब्यारेजको ३४ र ३५ नम्बर ढोका छेउमा यात्रुबहक बस नदीमा खसेको छ ।
घटनामा २० जना यात्रुको उद्धार गरिएको छ ।
उनीहरुलाई सुनसरीको विभिन्न अस्पतालमा लगिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभएको छ ।
विराटनगरबाट मधेश प्रदेशतर्फ गइरहेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स बस दुर्घटनामा परेको हो ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
बसमा कतिजना यात्रु थिए भन्नेसमेत स्पष्ट हुन सकेको छैन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.