जनतालाई उत्पादनसँग जोडौँ: मन्त्री काफ्ले

दोलखा-  बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सकेमात्र समृद्धिको लक्ष्य हासिल हुने बताउनुभएको छ ।

आज दोलखा सदरमुकाम चरीकोटमा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको राजस्व बाँडफाँड तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी स्थानीय तहसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री काफ्लेले प्रदेश र स्थानीय सरकार दुबै मिलेर जनतालाई उत्पादनसँग जोड्नुपर्छ भन्नुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलोपटक बाग्मती प्रदेशका १३ जिल्लामै यस्तो कार्यक्रम सुरु गरेको उहाँकोभनाइ थियो ।

उहाँले उत्पादनकाे क्षेत्रमा काम नभएसम्म राेजगारी सिर्जना नहुने पनि स्पष्ट पार्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.