पहिरोले कारलाई चरौँदी खोलामा हुत्यायो, ४ जना घाइते

धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत गल्छी-गजुरी खण्डमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

गल्छी गाउँपालिकास्थित चिरौँदी खोला भन्ने स्थानमा सडक भन्दा माथिबाट  सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोले एक सवारी साधनलाई धकेलेर चिरौँदी खोलामा खसालेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको छ ।

गजुरीबाट काठमाण्डौँतर्फ आउँदै गरेको  ग २ च ७८८५ नम्बरको कार पहिरोका कारण खोलामा खसेको हो ।

कारमा सवार चार जना घाइते भएको  प्रहरीले जनाएको  छ ।

घाइते चार जनाको उद्धार गरी उपचारका लागि बैरेनी अस्पताल लगिएको छ । खोलाबाट कार सडकमा निकाल्ने प्रयास भइरहेको छ ।

राजमार्गमा   पहिरो पन्छाउने प्रयास पनि भइरहेको छ ।

पानी पेरकोले पहिरो पन्छाउन केही समस्या भएको पनि प्रहरीले जनाइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.