पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छ: कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं  – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र नेपालका लागि महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्र चलायमान र मजबुत बनाउनका लागि महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रलाई सरकारले प्रभावकारी रूपमा अघि बढाउने पनि बताउनु भयो ।

उहाँले पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिन सक्ने योगदानलाई अझ व्यवस्थित गरेर अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले पर्यटन क्षेत्रका समस्याको पहिचान गरी समाधान गर्न सरकार गम्भीर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशको समृद्धिको मार्गमा अघि बढ्नको लागि शान्ति अति आवश्यक छ । यस वर्षको विश्व पर्यटन दिवसको नारा राख्नुभएको छ, यो एकदम सान्दर्भिक छ । आजको कार्यक्रममा पर्यटनमा आफ्नो जीवन लगानी गर्नुहुनेहरुबाट हामीले धेरै कुरा सुन्ने सुअवसर पायौँ । टुरिजम सेक्टर नेपालको कन्टेस्टमा इकोनोमीलाई अफ्लिफ्ट गर्नका लागि इन्जिनको रूपमा यो सेक्टरलाई अझ प्रभावकारी रूपले बढाउन जरुरी छ । राजनीतिक स्थिरता पछि आर्थिक स्थिरता पनि आउँछ भन्छौँ । पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिन सक्ने योगदानलाई अझ हामीले अघि बढाउन जरुरी छ । समस्याहरूको पहिचान गरी वर्तमान सरकारले समाधान गर्नेछ ।’

कार्यवाहक प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता दिनका लागि काँग्रेस—एमालेको सरकार बनेको बताउनु भयो । उहाँले वर्तमान सरकारले जनताको पक्षमा काम अघि बढाउने बताउनु भयो । देशमै बसेर समाज, देशलाई योगदान दिने वातावरण निर्माण गरिरहेको बताउनु भयो । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा धरै सहयोग गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.