प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौँ  – प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन् ।

लगातारको वर्षाका कारण भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित भएको हो ।

लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि माउन्टेन फ्लाइटहरु रद्द भएका छन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् ।

उडानहरू सुचारु नहुँदा विमानस्थलमा यात्रुहरूको भिड बढेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज दिनभर झरी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.