उखु र दूध किसानको बक्यौता भुक्तानीका लागि रकम निकासा

काठमाडौँ- सरकारले दुध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउन रकम निकासा गरेको  छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको  पहलमा दुध तथा उखु किसानका लागि झण्डै दुई अर्ब रुपियाँ निकास गरिएको मन्त्रालयले जनाएको छ ।

दुध किसानहरूको बक्यौता रकम तिर्नका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ ।

‘‘मिति २०८१ असोज २को निर्णय बमोजिम त्यस संस्थापनलाई तपसिल बमोजिमको रकम ऋण लगानी गर्न समिति २०८१ असोज ११ गते तमसुक लिखत तथा भुक्तानी तालिका यसै साथ संलग्न राखी पठाइएको ब्यहोरो आदेशअनुसार छ,’’ पत्रमा भनिएको छ ।

आठ जिल्लाका उखु किसानले पाउनुपर्ने एक अर्ब ४५ करोडभन्दा बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको छ ।

त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी शुक्रबारनै सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको छ ।

मन्त्री अधिकारीले उखु तथा दूध किसानहरूको बाँकी रकम दसैँ अघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.