त्रिशुली नदीले बगायो दुईवटा टिपर, एक-एकवटा जिसिबी र स्काभेटर

चितवन- त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुइटा टिपर एउटा जिसिवी र एउटा स्काभेटर बगाएको छ ।

यो ठाउँ चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिकाको सिमाना क्षेत्र हो । नदीमा कामका लागि राखिएका अन्य स्काभेटर र टिपर पनि बगाउने जोखिममा छन् ।

यी साधनलाई नदीको पानीले घेरेको छ । पानीको बहाब बढ्दै जाँदा बगाउने जोखिम देखिएको छ । सो स्थानमा मान्छे भने नरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.