नारायणी नदीमा पानीको सतह अहिलेसम्मकै उच्च बिन्दुमा

नदी किनारामा उच्च सतर्कता अपनाउन चितवन प्रशासनको अनुरोध

  चितवन-  लगातरको मुसलधारे वर्षाका कारण आज नारायणी नदीमा पानीको सतह अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

जल मापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको हो ।

जल मापन केन्द्र स्थापनाकालदेखि हालसम्म नदीको सतह यति माथि पुगेको पहिलो पटक हो । यसअघि असार असार २२ गते १० मिटर ४६ सेन्टिमिटर पुगेको थियो ।

नदीमा यति धेरै पानी बगेको अहिलेसम्मै थाहा नपाएको स्थानीय अनुभव सुनाउँछन् । 

नारायणगढ बजारका पुराना बासिन्दा के एल भुषणका अनुसार २०१८ सालमा यस्तै प्रकृतिको बाढी आएको थियो । ठ्याक्कै भन्न नसकिएपनि यति धेरै पानीको बहाब नारायणीमा नबगेको उनले सुनाए । 

नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ ।

मापन अनुसार सात मिटर ३० सेन्टिमिटर पार गर्नुलाई नदीको बहाव मापदण्ड भन्दा माथि रहेको सतर्कताको अवस्था मानिन्छ भने नौ मिटर पार गर्नु खतराको सूचकको रुपमा लिने गरिन्छ ।

  चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जल मापन केन्द्रले दिएको उक्त जानकारीलाई आधार मान्दै नदी किनारका बस्तीका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरिएको र जिल्लास्थित विपद व्यवस्थापन टीम तयारी अवस्थामा राखिएको जानकारी दिनुभएको छ ।

लगातार परेको पानीले चितवनको अधिकांश क्षेत्रहरू जलमग्न बनेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.