गण्डक बाँधका सबै ढोका खोलिए

गैंडाकोटमा सुकुम्बासी र बोटे टोल डुबानमा

पूर्वी नवलपरासी-  अबिरल वर्षाका कारण नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि पूर्वी नवलपरासीको गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । यहाँ ३ लाख क्यूसेक पानीलाई खतराको तह मानिन्छ ।

गण्डक बाधमा पानीको बहाव उच्च भएपछि नेपाल र भारत तर्फको सबै ढोका खोलिएको हो । गण्डक ब्यारेजमा २ लाख ५० हजार क्युसेक पानीको बहाव भएपछि व्यारेजका सबै ३६ वटा ढोका खोलिएको पूर्वी नवलपरासी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले बताउनुभयो ।

जलसतह मापन अनुसार गण्डकमा बिहान १० बजे जलसतह ३ लाख ६५ हजार क्युसेक पुगेको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।त्यस्तै गैँडाकोट नगरपालिका–२ को सुकुम्बासी र बोटे टोल डुबानमा परेको छ ।

अविरल वर्षासँगै नारायणी नदीको जल सतह बढ्दा गैँडाकोट –२, स्थित सुकुम्बासी बस्तीमा बाढी पसेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।  सुकुम्बासी वस्तीमा बाढी पसेसँगै सो क्षेत्रका करिब ६० घरपरिवार बिस्थापित भएका छन् । बिस्थापित भएका घरपरिवारलाई नजिकै रहेको महेन्द्र स्मारक विद्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

नारायणीको बाढीको सतह बढेसँगै गैँडाकोट ९ र १० मा समेत डुबान भएको छ ।

अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।  त्यस्तै जिल्लाको दलदले डेढगाउँ भित्री सडकखण्ड अन्र्तगत हुप्सेकोट गाउँपालिका ५ पांग्रेमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.