विपद व्यवस्थापन र उद्धारका लागि काठमाडौँ महानगर प्रहरीका १७ वटा टोली परिचालन

विपद सामनाको पूर्व तयारी गर्न र सतर्कता अपनाउन मेयर बालेन शाहको आग्रह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बर्षाले सिर्जना गरेको विपद व्यवस्थापन उद्धारका गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको छ ।
निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको मेयर बालेन शाहले साजिका संजालमार्फत जानकारी दिनु भएको छ ।

मेयर शाहका अनुसार ती १७ टोलीहरु डुवान भएका वस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेका छन् ।

”वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको छ । स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको छौ । यस्ता विपदमा आफू र परिवारलाई बचाउनु तथा आपतमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व हो । आवश्यक सतर्कता अपनाऔँ । विपद सामना गर्न पूर्व तयारी गरौँ । मेयर शाहले फेसबुकमा लेख्नु भएको छ ।

जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम  भएमा काठमाडौँ महानगरपालिकाका हटलाइन्हरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन आग्रह गर्दै साथै आपतकालीन अवस्थाहरूमा अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा फोन गर्न आग्रह सेमत गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.