सुस्तामा बाढी पस्यो, १५ घर डुबानमा

 पश्चिम नवलपरासी –  पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदिको बाढी पसेको छ । दुई दिन देखि निरन्तरको वर्षाले नारायणी नदिको जल सतहले खतराको तह पार गरेको छ ।

नारायणी पारीको सुस्ता गाउँको थारु टोलका १५ घरमा बाढी पसेको छ । पानीको सतह बढ्ने क्रममा रहेकाले सुस्ताको पुरै गाउँ डुबानको उच्च जोखिममा रहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिनुभयो । डुबानमा परेका स्थानीयले छिमेकीको घरमा आश्रय लिएका छन् ।

नारायणी नदिले खतराको तह पार गरेपछि गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिनुभयो । अहिले नारायणी नदिमा प्रतिसेकेन्ड पानीको बहाव ४ लाख २० हजार क्युसेक रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.