अविरल वर्षासँगको बाढी र डुबानले काठमाडौँ जलमग्न

काठमाडौं – अविरल वर्षाले काठमाडौँ उपत्यका डुबानमा परेको छ । पहिरो र बाढीका कारण जनजीवन प्रभावित भएको छ ।

बाढीका कारण काठमाडौँ उपत्यकामा केही नागरिकहरू बेपत्ता भएका छन् । उपत्यकाका बागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च बहाव छ ।

मनोहरा, घट्टे खोला लगायतका खोलाहरूका कारण सडक र बस्ती डुबानमा परेका छन् । उपत्यकामै केही स्थानमा पुल बगेको छ ।

मुख्य सडकमा पनि पानी जमेका कारण यातायात सञ्चालनमा अवरोध सिर्जना हुनुका साथै उपत्यकाका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध बनेको छ । काठमाडौँ उपत्यकासहित देशभर नै अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.