हेवाँखोलाको बेलिब्रिज बाढीले बगायो, ताप्लेजुङ आवतजावत ठप्प

 ताप्लेजुङ – मेचिराजमार्ग अन्तर्गत पाँचथरको हेँवाखोलाको बेलिब्रिज बाढीले बगाएको छ ।

फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को सिमाना भई बग्ने  हेँवा खोलाको बेली ब्रिज निरन्तरबो बाढीले बगाएको फिदिम नगरपालिका ४ का वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिनुभयो ।

बाढीले हिलिहाङ तर्फको पिल्लर बगाएको बताइएको छ ।  गत असारमा आएको बाढीले हेवाखोलाको पक्कि पुल बगाए पछि सोही स्थानमा अस्थायी ब्रिज बनाइएको थियो । ब्रिज बगाए पछि पाँचथरको हिलिहाङ, याङवर र ताप्लेजुङ तर्फको यातायात पुर्णरूपमा बन्द भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.