कुलेखानीमा पानीको सतह घट्यो

मकवानपुर  – मकवानपुरको इनद्रसरोवर स्थित कुलेखानी जलविद्युत् आयोजनाको पानीको सतह केही कम भएको छ ।

बिहानबाट जलाशयको २ वटा ढोका खुला गरेर पानी निकासा गरिएपछि जलसतहमा केही कमी आएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।

दिउँसो १ बजे कुलेखानी जलाशयको सतह एक हजार ५ सय २८ दशमलव ०४ सेन्टिमिटर रहेको उहाँले बताउनुभयो । साढे ४ मिटर सम्म खोलिएको ड्यामको ढोका अहिले २ मिटर मात्रै खोलिएको छ ।

पानीको सतह कम हुँदै गएपछि ढोका कम कम मात्रामा खोलिएको उहाँले बताउनुभयो । जलाशय भरिएर १ हजार ५ सय ३१ मिटर पुगेर ओभरफ्लो हुन थालेपछि ड्यामको दुवै ढोका खोलिएको थियो ।

जलाशयको भण्डारण क्षमता समुन्द्री सतहदेखि एक हजार पाँच सय ३० मिटर रहेको छ । कुलेखानीलाई पूर्ण क्षमतामा चलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.